कर्णाली राजमार्गमा जीप दुर्घटना, मानव अधिकार आयोग प्रमुखसहित सातजना घाइते

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको भिजिट कर्णाली यातायातको जीप आज बिहान कालिकोटको हिलसाइड होटल नजिक दुर्घटनामा परेको छ। जीप पाँचपटक सडक तल पल्टिँदा सात जना घाइते भएका छन्। दुर्घटनामा कास्की पोखरा–२९ की २८ वर्षीया डा. रुवी थापा गम्भीर घाइते भएको र अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको […]
१२ कक्षाको नतिजा सार्वजनिक

१२ कक्षाको नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो। बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो। तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो । गत […]
कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

माथिल्लो कर्णाली (हुम्ला, मुगु, डोल्पा) का बस्तीहरूको जीवनशैली मुख्यतया व्यापार, पशुपालन, र उच्च हिमाली कृषिमा आधारित थियो। हुम्लाको लिमी, मुगुको नाक्चेलाग्ना र डोल्पाको च्यार्का भोट जस्ता नाकाहरूले तिब्बतसँग नुन, ऊन, जौ र भेडाको च्याङ्ग्रा को व्यापार गर्ने ऐतिहासिक मार्गहरू सञ्चालित गरेका थिए। आधुनिक नेपालको शुरु भएदेखि आजका दिनसम्म पनि कर्णालीका बस्तीहरूलाई भोक, रोग, शोक, अभाव, […]
बाढीले बन्द हियाखोला लिफ्ट सिँचाइ आयोजना पुन: संचालनमा

अहिले तातोपानी गाउँपालिका -६ हियाखोला गाउँतिर हिँड्दा जमिन जस्तै अनुहार पनि हरिया लाग्छन्। बाँझो जमिन फेरि हरियालीमा फर्कन थाले पछि गाउँमा खुसीयाली छाएको हो यसरी गाउँमा खुसीयाली छाउनुको पछाडि यो कुनै चमत्कार नभएर लिफ्ट सिँचाइ योजनाले पुनर्जीवन पाउनु हो। २०७८/०७९ मा संघीय सरकारले एक करोड लगानीमा सुरु भएको आयोजना उपभोक्ताले पूरा काम गर्न नसकेपछि ८८ […]
बहुविवाहसम्बन्धी कानुनी मस्यौदाविरुद्धमा माओवादी समर्थित महिला संघ

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जिल्ला समन्वय समिति जुम्लाले बहुविवाहलाई निश्चित परिस्थितिमा वैधानिकता दिन खोजिएको सरकारी प्रयासविरुद्ध जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराशर ढुङ्गानाको भनाइलाई उद्धृत गर्दै सार्वजनिक सञ्चारमाध्यमहरूमा बहुविवाहसम्बन्धी नयाँ मस्यौदा ल्याउन लागिएको समाचारप्रति संगठनले गम्भीर आपत्ति जनाएको हो। संगठनकी इन्चार्ज […]
उपत्यकालाई व्यवस्थित बनाउने काममा दल र नेताहरू नै बाधक

यतिमात्र होइन, २०७० साल अघिको सरकारले उपत्यकाभित्र सञ्चालित इँटाभट्टा र क्रसर व्यवसाय हटाउने निर्णय गरेको थियो। तर, २०७१ सालमा एमाले नेता महेश बस्नेत उद्योगमन्त्री बनेपछि सो निर्णय खारेज गरिदिए। २०७४ फागुन ३ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बने। उनी नेतृत्वको सरकारमा रामबहादुर थापा गृहमन्त्री भए। उनले उपत्यकाभित्र सञ्चालित कवाडी गोदाम, […]
आत्मसमीक्षा र सुधारको खाँचो

आज गाउँगाउँमा जनताको मूल चासो पार्टीभन्दा गुटमा केन्द्रित भएको छ। “कुन पार्टीको?” होइन, “कुन गुटको?” भनेर सोधिन्छ। जनसमर्थन गुमाउने यति ठूलो खतरा हुँदाहुँदै पनि नेतृत्व मौन छ। राजनीति विचार, संगठन र जनसरोकारको अभ्यास हो। तर जब राजनीति गुट, चाकरी र अवसरवादको थलोमा रूपान्तरण हुन्छ, तब त्यो पार्टीभित्र पतनको सङ्केत हो। नेकपा एमाले नेपाली राजनीतिक इतिहासको […]
सदरमुकामको सिरानीमा प्रकृतिको एक सुन्दर क्षेत्र धिमीचौर

आजभोलि जिल्लाका मानिसको रोजाइमा पर्ने गन्तव्य मध्येको एक महत्त्वपूर्ण गन्तव्य हो । धिमीचौर । सदरमुकाम बस्ने हरेक मानिसले मानसपटलमा धिमीचौर एक जानैपर्ने ठाउँको रुपमा सूचित छ । जहाँ पुग्न मानिस लालायित हुन्छन् । र जहाँको दृश्यसँग आफ्नो तस्बिर कैद गर्न हतारिन्छन्। जुम्ला सदरमुकामको उत्तरतर्फ पर्ने धिमीचौर पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । सदरमुकामको सिरानीमा अवस्थित […]