शुक्रबार, २९ फाल्गुन, २०८२

विदेशी नागरिकलाई आफ्नै देशबाट विस्थापित गराउँदै नेपाली

विकसित देशहरूमा घरजग्गा सस्तो छ। यसैको फाइदा उठाएर नेपाली नागरिकता त्यागेकाहरूले धमाधम घरजग्गा किनिरहेका छन्। यहाँ आमाबुवाले भ्रष्टाचार गरेर कमाएको पैसाबाट छोराछोरीले उता घरजग्गा किन्छन्। एक तले घर किनेमा दश तले बचाउँछन्। अनि भाडामा लगाउँछन् वा बेच्छन्।

विकसित मुलुकहरू अमेरिका, अष्ट्रेलिया, चीनलगायत विभिन्न देशको राजधानीमा भन्दा काठमाडौं उपत्यकामा जग्गाको मूल्य बढी रहेको बताइन्छ। नेपाली रुपैयाँ विदेशी मुद्रामा निकै सस्तो छ। छिमेक भारत र चीनकै पैसा हामीभन्दा महँगो छ। नेपाली जमिन महँगो तर रुपैयाँ चाहिँ सस्तो किन भयो? सरकार बताउँदैन।

नेपालीहरू विभिन्न देशमा काम गर्न जान्छन्। मलेसिया, कतार, दुबई, कुवेतलगायत खाडी मुलुकमा धेरै नेपाली छन्। अमेरिका, अष्ट्रेलिया, क्यानडामा पनि थुप्रै नेपाली छन्। देशमा रोजगारी नपाएपछि तथा तलब कम हुँदा उनीहरू विदेशमा काम गरिरहेका छन्। तर, विदेशमा नेपालको भन्दा निकै कम तलब छ।

त्यहाँ मासिक तलब दुई हजारदेखि पाँच हजार दिइन्छ। जबकि नेपालमा १५ हजारदेखि लाखौं रुपैयाँ तलब दिइन्छ। यद्यपि, विदेशी मुद्रा महँगो भएकाले त्यहाँ थोरै तलब भए पनि यहाँ एकदेखि तीन लाख रुपैयाँसम्म हुन्छ। विकसित मुलुकहरूमा जमिन सरकारको स्वामित्वमा हुन्छ। जमिनको अधिकार जनतालाई दिइएको छैन।

त्यहाँको सरकारले घरजग्गा कारोबारलाई भन्दा पनि उद्योग, कलकारखाना, व्यवसायमा जोड दिएको छ। लाखौं नेपाली अमेरिका, अष्ट्रेलिया, क्यानडा, पोर्चुगललगायत देशमा छन्। उनीहरूले नेपाली नागरिकता त्यागेर त्यहाँको पी.आर. लिइसकेका छन्। तर, नेपालमा जसरी उनीहरूले अग्ला अग्ला घर बनाएर बेच्न थालेको सुनिन्छ।

विकसित देशहरूमा घरजग्गा सस्तो छ। यसैको फाइदा उठाएर नेपाली नागरिकता त्यागेकाहरूले धमाधम घरजग्गा किनिरहेका छन्। यहाँ आमाबुवाले भ्रष्टाचार गरेर कमाएको पैसाबाट छोराछोरीले उता घरजग्गा किन्छन्। एक तले घर किनेमा दश तले बचाउँछन्। अनि भाडामा लगाउँछन् वा बेच्छन्। नेपालमा त दलाली काम गरे नै, सँगै विदेशमा समेत गर्न थाले।

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकका शहर अस्तव्यस्त र अव्यवस्थित देखिनुमा पनि यही कारण रहेको पाइन्छ। नेपालीहरूले जथाभावी घर बनाएर बेच्दा ती देश अव्यवस्थित बन्दै गएका छन् भने अब त्यहाँ पनि नेपालमा जसरी जग्गा महँगो हुने बताइन्छ। किनकि त्यहाँको जमिनमाथि नेपालीहरूले कब्जा गर्न थालिसके।

काठमाडौं उपत्यकामा जमिनको मूल्य किन बढ्यो? एउटै कारण छ, ७४ वटा जिल्लाका जनता यहाँ आउनु। जग्गा किन्नु र घर बनाउनु। ७४ जिल्लाबासी काठमाडौं पस्दा यहाँका स्थानीय विस्थापित भए। उनीहरूको अस्तित्व नै संकटमा परेको छ। चार दशकअघि उपत्यकामा सयौं रोपनी जमिन भएकाहरू अहिले चार आनामा सीमित भएका छन्। कतिपयसँग त्यो पनि छैन।

उपत्यकामा स्थानीयबासिन्दा पलायन भइसकेका छन्। अहिले उपत्यकामा करोडौं जनसंख्या छ। तर, यसमध्ये यहाँको स्थानीयबासी खोज्ने हो भने हजारको संख्यामा समेत भेट्न मुस्किल छ। बाहिरी जिल्लाका जनताले उनीहरूलाई विस्थापित गराए। उनीहरूले गाउँ र शहरमा नै आफ्नो अस्तित्व जोगाए भने यहाँका स्थानीयको चाहिँ नामोनिसान नै मेटाइदिए।

त्यसरी नै अमेरिका, अष्ट्रेलियामा पनि त्यहाँका नागरिकको अस्तित्व संकटमा पर्दै गएको छ। नेपालीसँगै विश्वका अधिकांश देशका नागरिक त्यहाँ बसोबास गर्छन्। उनीहरूलाई त्यहाँको सरकारले ग्रिन कार्ड, पी.आर. दिएको छ। उनीहरूको परिवारै त्यहाँ छन्। जसले गर्दा पहिले निकै सस्तो रहेका ती देश अहिले महँगिंदै गएका छन्।

त्यहाँका नागरिकले धेरै समस्या भोग्नुपरिरहेको छ। बेरोजगारी, गरिबी निकै बढेको छ। उनीहरूलाई जीवन बिताउन निकै गाह्रो परेको छ। यसैले, अब अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकहरूले कडा कदम चाल्न आवश्यक देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसपालि सोचेरै ग्रिन कार्ड र पी.आर. बन्द गर्दैछन्।

त्यसरी नै अब अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि ग्रिन कार्ड र पी.आर.मा रोक लगाउनुपर्छ। नभए त्यहाँका भूभागमाथि नेपालीसहित अन्य देशका नागरिकहरूले कब्जा जमाउने छन्। उनीहरूको उद्देश्य नै त्यहाँको जनतालाई विस्थापित गराउनु हो। आफ्नो रजगज चलाउनु हो। यसका लागि उनीहरू छिट्टै चुनावमा समेत आउनेछन्।

अनि चुनाव जितेर उनीहरूले आफूहरू वा विदेशीको हितमा हुने काम गर्दैनन्? भन्नेमा के ग्यारेन्टी छ? किनकि उनीहरू आफैं पनि विदेशी हुन्। आफ्नो भविष्य सुनिश्चित गर्न ठाउँमा पुगेपछि पक्कै पनि उनीहरू आफ्नो स्वार्थको निर्णय गर्ने छन्। जसले त्यहाँका नागरिकलाई ठूलो झट्का लाग्न सक्छ। यसैले, अब नेपालीसहित विभिन्न देशका नागरिक आफ्नो देशमा भएका देशहरू सतर्क हुन आवश्यक देखिन्छ।

अहिले उपत्यकामा घर भएका अधिकांश भन्छन्, ‘मैले चार दशकअघि पाँच हजार आनामा यहाँ जग्गा किनेको।’ सय रुपैयाँ आनामा जग्गा किनेको भन्ने समेत भेटिन्छन्। त्यसरी जग्गा किनेकाहरूको अहिले करोडौंको सम्पत्ति छ। त्यो जग्गाकै मूल्य करोडौं छ। तर, जग्गा बेच्ने चाहिँ विस्थापित भएका छन्। उनीहरूसँग न जमिन छ न पैसा। अनि उपत्यकामा बस्न सक्ने अवस्था नै नभएपछि उनीहरू पलायन भएका छन्।

बाहिरी जिल्लाका जनताले यहाँका स्थानीयलाई जालझेल गरेरसमेत फसाए। उपत्यकामा धेरैजसो नेवार समुदायको बसोबास थियो। नेवारहरू कम पढ्ने। उनीहरू व्यापार व्यवसाय बढी गर्थे। यसैको फाइदा उठाए बाहिरका जनताले। उनीहरू पढेलेखेका, बाठा। अनि सुरुआतमा नेवारको घरमा भाडामा बसे। मिठो मिठो खान दिए।

अनि उनीहरूलाई थाहा नदिई घरजग्गाको कागजात बनाएर खानाकै भरमा हस्ताक्षर गर्न लगाए। घर आफ्नो नाममा ल्याए, धनीलाई चाहिँ निकाल दिए। यसरी जालझेल गरेर हडपिएको घर वा सस्तोमा किनेको घरबाट उनीहरू मासिक लाखौं आम्दानी गरिरहेका छन्। एउटै कोठाको ठाउँअनुसार पाँचदेखि २० हजार, एक फ्ल्याट २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १९ लाखसम्म भाडा असुल्छन्।

खाली सटर त २० देखि ६० लाखमा बेचबिखन गरिरहेका छन्। झन् पहिले हजारमा किनेको जमिन अहिले लाखौंदेखि करोडौंमा बेचिरहेका छन्। अहिलेसम्म उपत्यकाभित्रका एउटै स्थानीय प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत उच्च पदमा पुगेका छैनन्। बाहिरै जिल्लाकै मानिसहरूले राजनीतिमा समेत कब्जा जमाएका छन्।

यद्यपि, यसका लागि यहाँको नेवारलाई नै उनीहरूले झर्याङ बनाए। प्रधानमन्त्री केपी शर्मा ओलीकै कुरा गर्ने हो भने उनी तेह्रथुममा जन्मिएका हुन्। उनकी पत्नी राधिका काठमाडौंको नेवार समुदायकै हुन्। उनैलाई झर्याङ बनाएर ओली राजनीतिमा आए तर राधिका राजनीतिमा छैनन्। राजनीतिक दलका अन्य नेताहरूले पनि यस्तै गरेका छन्।

यसरी बाहिरी जिल्लाका जनताले उपत्यकाबासीलाई उपत्यकाबाट मात्र होइन, हरेक क्षेत्रबाट विस्थापित गराएका छन्। यता, उपत्यकामा घरजग्गा भएका बाहिरी जिल्लाका मानिसहरू भन्छन्, ‘हाम्रो गाउँ र अमेरिका, अष्ट्रेलियामा समेत घरजग्गा छ।’ यसरी उनीहरूले उपत्यकाबासीलाई त विस्थापित गराए नै सँगै विदेशी नागरिकलाई समेत विस्थापित गराउन खोज्दैछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार