मंगलवार, ३ असार, २०८२

भारत–पाकिस्तान युद्धको असर: नेपालमा ह्वात्तै बढ्यो खाद्यान्नको मूल्य, भोकमरीको खतरा!

हिजो आफ्नो व्यापार बढाउन नेपालको खेतीयोग्य जमिनमा घर र बाटो बनाउन लगायो। राम्ररी चलिरहेका कलकारखाना र उद्योग बन्द गरायो। आफ्ना उत्पादन हामीलाई महँगोमा बेचेर कमाउनु कमायो। विषादी हालेका ती खाद्यान्न खाएर कतिपयले ज्यान गुमाए, भने अधिकांश दीर्घरोगी बनेका छन्।

पाकिस्तान र भारतबीच युद्ध शुरू भएसँगै नेपालमा खाद्यान्नको मूल्य ह्वात्तै बढेको छ। व्यापारीहरूले १५ देखि २० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन्। खाद्यान्नसँगै पेट्रोलियम पदार्थ, ग्यासलगायतका वस्तुको हाहाकार हुने चर्चा बजारमा व्यापक छ। पेट्रोल, डिजेल नभएपछि तिनबाट चल्ने सवारीसाधन सडकमै थुप्रिने छन्।

मानिसहरूले २० लाखदेखि करोडौँ रुपियाँ लगानी गरेर पेट्रोल र डिजेलबाट सञ्चालित गाडी किनेका छन्। नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आयात हुन्छ। तर, पाकिस्तान–भारत युद्ध शुरू भएसँगै अब भारतबाट पेट्रोलियम पदार्थ नआउने निश्चित छ। किनभने, भारतमै अहिले खाद्यान्न, पेट्रोल, डिजेल, र ग्यासको हाहाकार शुरू भइसकेको छ।

यसले करोडौँ लगानीमा किनिएका गाडीहरू घर वा सडकमा थन्किनुबाहेक अर्को विकल्प रहने छैन। अर्कोतर्फ, खेतीयोग्य जमिन मासेर घर र बाटो बनाइयो। उब्जाउ जमिनमा डोजर चलाएर प्लटिङ गरी आनाकै ६० लाखदेखि करोडौँमा बेचियो। जबकि, पाँच दशकअघि त्यही जमिन रोपनीको दुई हजारमा पनि बिक्री हुँदैनथ्यो। स्मरण रहोस्, एक रोपनीमा १६ आना जमिन हुन्छ।

उपत्यकासहित देशभरका खेतीयोग्य जमिनमा घर र बाटो बनाइएका छन्। भएका जमिन पनि बाँझो छन्। अहिलेसम्म त भारतबाट आयात गरिएको खाद्यान्न खाएर हामी नेपाली बाँचिरहेका थियौँ। अब भारतले खाद्यान्न निर्यातमा रोक लगाउने देखिन्छ। यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ। भारतले खाद्यान्न नपठाएसँगै यहाँ भोकमरी शुरू हुने निश्चित छ।

अब नेपाल सरकारले जनतालाई कसरी पाल्छ? प्रश्न उठेको छ। एकातिर रोजगारी र पैसा छैन, अर्कोतिर महँगी र खाद्यान्न अभाव। मुलुकमा भोकमरीमात्र होइन, अब लुटपाट, हत्या, र आत्महत्या अत्यधिक बढ्ने छन्। किनभने, भोकले मानिसलाई जे पनि गराउन सक्छ। भनिन्छ, भोको बाघले आफ्नै सन्तान पनि खान सक्छ।

नेपालमा पनि यही हुने छ। खाना नपाएपछि मानिसले आफ्नो वंश नाश गर्न पनि बेर लाउँदैनन्। अब जनतालाई घरजग्गा, गाडी, र सेयर चाहिँदैन, खाद्यान्नमात्र चाहिन्छ। घरबिना बाँच्न सकिन्छ, सडकमा सुतेर भए पनि। गाडीको साटो हिँडेर गन्तव्य पुग्न सकिन्छ। सेयर त बेकामे भइसक्यो। तर, खानाबिना मानिस बाँच्न सक्दैन।

जीवजन्तु होस् वा मानव, कोही पनि खानाबिना बाँच्न सक्दैन। अनि, मानव शरीरका लागि अत्यन्त आवश्यक खाना नै नभए के होला? भोकभोकै मर्नुबाहेक विकल्प देखिँदैन। सरकार भारतको गुलाम बन्यो। भारतको फाइदाका लागि हिजो खेतीयोग्य जमिन मास्न दियो। अनावश्यक गाडी आयात गर्न दियो। भारतले आफ्ना जनतालाई पुग्ने खाद्यान्नलगायत सामग्री जोगाएर राखेको छ। अब नेपाल सरकारले चाहिँ के गर्छ?

हुन त, सरकारमा बसेकाहरूको अझै पनि आँखा खुलेको छैन। भारतले आफ्नो फाइदाका लागि नेपालीको रगत बगाउन खोज्दासमेत सरकार मौन छ। राजनीतिक दलहरू विरोध गर्नुको साटो उल्टै भारतको समर्थन गरिरहेका छन्। यसले नेपाल पनि अब पाकिस्तानको निशानामा पर्ने देखिन्छ। भारत निकै स्वार्थी छ।

हिजो आफ्नो व्यापार बढाउन नेपालको खेतीयोग्य जमिनमा घर र बाटो बनाउन लगायो। राम्ररी चलिरहेका कलकारखाना र उद्योग बन्द गरायो। आफ्ना उत्पादन हामीलाई महँगोमा बेचेर कमाउनु कमायो। विषादी हालेका ती खाद्यान्न खाएर कतिपयले ज्यान गुमाए, भने अधिकांश दीर्घरोगी बनेका छन्। यतिमात्र होइन, भारतले हाम्रो थुप्रै भूभाग मिचेको छ।

हाम्रो भूभागमाथि राज गर्दै आएको छ, र अहिले पनि सीमा मिच्ने क्रम जारी छ। भारत यसै ठूलो भएको होइन, अरू

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार