शनिबार, १२ बैशाख, २०८३

शृङ्खलाबद्ध चोरीमा संलग्न एक पक्राउ, नगदसहित बहुमूल्य सामान बरामद

सुर्खेत जिल्लामा शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित एक घरमा चोरी गरेको आरोपमा लेकवेशी नगरपालिका–१ निवासी अन्दाजी ५० वर्षीय हरी नारायण कार्कीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका सूचना अधिकारी मोहनजङ्ग बुढथापाका अनुसार २०८३ साल वैशाख १ गते राति करिब ११ बजे घरमा कोही नभएको मौका छोपी हरिकला शाहीको घरबाट नगद तथा सुनचाँदीका गरगहना लगायतका सामग्री चोरी भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै शंकास्पद रूपमा कार्कीलाई नियन्त्रणमा लिएको थियो।

Oplus_131072

प्रहरीले कार्कीको घरमा खानतलासी गर्दा चोरीमा संलग्न भएको प्रमाणसहित विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सामग्रीमा २ थान ल्यापटप, ३ थान चार्जर, सुनजस्ता विभिन्न गरगहना (पिजडा, जुली, झुम्का, गेडी, मोतिहार, सिरबन्दी, तिलहरी, सिक्री लगायत), चाँदीजस्ता औंठी, डल्ला र लकेट, ५ थान मोबाइल, २ थान सीसी क्यामेरा, ६ थान घडी, २ थान मिक्स्चर, १ थान गितार, १ थान सीजी कम्पनीको टेलिभिजन, नगद रु. ३६ हजार ९७ र १२३ थान सिक्का रहेका छन्।

हाल पक्राउ परेका कार्कीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। साथै, बरामद गरिएका सामग्री कसैको चोरी भएको भए प्रमाणसहित सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार