मंगलवार, १९ जेष्ठ, २०८३

जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरे, पाँच बेपत्ता

जुम्लाको गुठीचौर गाउँपालिका–४ खामवाडाका एक किसानका भेडामा जंगली भालुले आक्रमण गर्दा आठ वटा भेडा मरेका छन् भने पाँच वटा बेपत्ता भएका छन्।

स्थानीय किसान नरेन्द्र अधिकारीले चिपिथाप्ला वन क्षेत्रमा चराउन लगेका ४३ वटा भेडालाई ओडारमा राखिएको अवस्थामा मंगलबार राति भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

आक्रमणबाट आठ वटा भेडा मरेका, एक वटा घाइते भएको र पाँच वटा हराएको जनाइएको छ। बाँकी २९ वटा भेडा भने सकुशल रहेका छन्।

घटनाबारे बुधबार दिउँसो करिब २ बजे टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी झारज्वालाबाट प्रहरी सहायक निरीक्षक तारा बहादुर डाँगीको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी झारज्वालाबाट करिब ७ किलोमिटर उत्तर–पूर्व तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १४ किलोमिटर पूर्वतर्फ पर्दछ।

घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।

वन क्षेत्रमा जंगली जनावरको आक्रमण बढ्दै जाँदा स्थानीय पशुपालक किसान चिन्तित बनेका छन्। भालुको आक्रमणबाट किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको स्थानीयवासीले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार