स्रोत नखुलेको सुन–चाँदीका गरगहना र नगदसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले स्रोत नखुलेको सुन–चाँदीका गरगहना तथा नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ जेठ १८ गते अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद रकम दिने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला […]
सुर्खेतमा संचालित मेयर कप फुटबलमा चौकुनेलाई हराउँदै जुम्ला सेमिफाइनल प्रवेश

वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सञ्चालित मेयर कप फुटबल प्रतियोगितामा जुम्ला जिल्ला सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा जुम्लाले चौकुनेलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको जुम्लाले पहिलो हाफमा अग्रता बनाएको थियो। जुम्लाका लागि योद्ध शाहीले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाएका थिए। पहिलो हाफमा जुम्लाले […]
दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दिउँसो करिब १ बजेतिर भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो । गुडिरहेको गाडी एक्कासि ब्रेक फेल भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी […]
जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरे, पाँच बेपत्ता

जुम्लाको गुठीचौर गाउँपालिका–४ खामवाडाका एक किसानका भेडामा जंगली भालुले आक्रमण गर्दा आठ वटा भेडा मरेका छन् भने पाँच वटा बेपत्ता भएका छन्। स्थानीय किसान नरेन्द्र अधिकारीले चिपिथाप्ला वन क्षेत्रमा चराउन लगेका ४३ वटा भेडालाई ओडारमा राखिएको अवस्थामा मंगलबार राति भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट आठ वटा भेडा मरेका, एक वटा घाइते भएको र […]
जुम्लाका मुद्दा प्रदेश सरकारको प्राथमिकतामा नपरेको भन्दै सिंजा गाउँपालिकाका अध्यक्ष धितालको असन्तुष्टि

कर्णाली प्रदेश सरकार र प्रदेश योजना आयोगले केन्द्र सरकारसमक्ष प्रस्तुत गर्ने माग तथा निर्णयहरूमा जुम्लाका महत्वपूर्ण मुद्दाहरूलाई समावेश नगरेको भन्दै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले असन्तुष्टि व्यक्त गरेका छन्। उनले जुम्लाको ऐतिहासिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित योजनाहरूलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्। मुख्यमन्त्री, मन्त्रीहरू, जिल्ला समन्वय […]
सहकारीपीडितलाई राज्यकोषबाट बचत फिर्ता, मीटरब्याज, बैंक, वित्तिय संस्था पीडितहरुलाई बेवास्ता!

गरिब, अशिक्षितको फाइदा उठाएर मीटरब्याज, बैंक, वित्तिय संस्थाहरुले सोझासाझा जनतालाई ठगे, लुटे । उनीहरुलाई सुकुम्बासी बनाइदिए । तर, सरकार किन उनीहरुको आवाज सुन्दैन, पीडा देख्दैन । जग्गाजमिन भएका तर पैसा नभएकाहरुले मीटरब्याजमा ऋण लिए । छोराछोरीको विवाह, उपचारलगायत विभिन्न कामका निम्ति उनीहरुले आफ्नो पुख्र्यौली (घरजमिन) अरुको नाममा धितो राखेर वा पास नै गरेर मीटरब्याजमा ऋण […]
