आठ वर्षका बालक कृतज्ञ देवकाेटाले आश्चर्यजनक रुपमा प्याराग्लाइडिङ गरेका छन्।
यतिबेला जुम्लाको गुठीचौर गाउँपालिकाले प्रसिद्ध पर्यटकीय स्थल गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरिरहेको छ।
यस अघि गरिएको परिक्षण उडानको सफलता पछि पालिकाले महोत्सव गरेर पर्यटकको ध्यान खिचेको हो।
महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागिता जनाएर प्याराग्लाइडिङमा रमाइरहेका छन्।
यसैबीच आठ वर्षका बालक कृतज्ञ देवकाेटाले आश्चर्यजनक रुपमा प्याराग्लाइडिङ गरेका छन्।
उनको यो निडरपना देखेर अचम्म मानेको प्याराग्लाइडिङ पाइलट युवराज सुनुवारले बताएका छन्।
उनले भने, ‘यसरी निर्धक्क ग्लाइडिङ गर्ने यति सानो उमेरको बाबू देशमै एक हुन सक्छन्। हामीहरु बुझ्दैछौं।’
कृतज्ञले प्याराग्लाइडिङ गर्दागर्दै एउटा पनि गीत गाएका छन्।
‘नदेखिन्या घाउ लाग्छ मलम कहाँ लाउन्या ।
पीडा बो कि कसरी हो खुसीका गीत गाउन्या?’
निर्धक्क प्याराग्लाइडिङ गरेका उनलाई साहसिक कदम उठाएको भन्दै सम्मान गर्ने योजना समेत रहेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।