शुक्रबार, २९ फाल्गुन, २०८२

सिंजा गाउँपालिकाले व्यावसायिक युवालाई कृषि कर्जामा व्याज अनुदान दिने

सिंजा गाउँपालिकले गाउँपालिका भित्रका स्थानीय व्यवसाय गर्ने युवाहरूलाई राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सरल कृषि कर्जामा व्याज अनुदान दिने भएको छ।

कृषक समूह तथा सहकारी संस्थालाई कृषि व्यवसायका लागि सहज रुपमा बैंकबाट कर्जा प्राप्त गरी व्याजमा अनुदान प्रदान गर्ने कार्यक्रम संचालन गर्ने भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

उनका अनुसार गाउँपालिका भित्र बसोवास गर्ने युवाहरूलाई स्वरोजगार बनाउने र व्यवसाय मार्फत आत्मनिर्भर बनाउनका लागि यो अनुदान दिन लागिएको हो।

‘व्यवसायीक युवाहरूले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस,गाउँपालिकाको सिफारिस,व्ययसायिक योजना तथा जग्गा धनी प्रमाणपत्रसहित अन्य कागजातहरू पनि उपलब्ध गराउनुपर्ने छ’,उनले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार