हिमा गाउँपालिकाको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्य विवरण तथा सार्वजानिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको हो।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले गाउँपालिकाले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै उनले हिमामा विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको बुढाले बताए
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै हिमाका अध्यक्ष लक्ष्मण शाहीले हिमामा सेवा प्रवाह मुस्कानसहितको सेवा प्रवाह गर्न कर्मचारीहरुलाई अनुरोध गरे। उनले भने ” उठेका प्रश्नहरुको जवाफ दिनु गणतन्त्र महत्त्वपूर्ण उपलब्धि हो।”
साथै उनले पालिकाले देशका अन्य स्थानीय तहहरु भन्दा फरक किसिमका महत्त्वपूर्ण कार्यहरु हिमा गाउँपालिकामा सम्पम्म भएको बताए।














