नेपाल डेन्टल एसोसियसनले मेडिप्लसको सहकार्यमा आयोजना गरेको सीडीई वीकको पहिलो चरणको कार्यक्रम हिजो साँझ सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ता प्राध्यापक डा. सत्तर सहितका राष्ट्रिय वक्ताहरूले विभिन्न दन्त–विज्ञान विधाहरूमा प्रभावशाली र ज्ञानसम्पन्न प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सफल बनाउन विशेष भूमिका खेलेका पोखरा, चितवन तथा वीरगंज ब्रान्चलाई आयोजकले हार्दिक धन्यवाद तथा बधाई व्यक्त गरेको छ।
शनिबार काठमाडौंमा सम्पन्न सत्रमा करिब २०० भन्दा बढी चिकित्सक तथा सरोकारवालाको सहभागिता रहेको थियो।
आफ्नो व्यस्त समय व्यवस्थापन गरी उपस्थित भएका प्रमुख अतिथि, सम्माननीय अतिथिज्युहरू, चिकित्सक, पत्रकार तथा सक्रिय रुपमा सहयोग गर्ने स्वयंसेवकप्रति नेपाल डेन्टल एसोसियसनले कृतज्ञता व्यक्त गरेको छ।
मेडिप्लस तथा त्यसका पदाधिकारीहरूको निरन्तर सहयोगले सीडीई सप्ताहलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएको छ।
आगामी दिनमा अन्य ब्रान्चहरूमा पनि मेडीप्लससँगको सहकार्यमा सीडीई कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको नेपाल डेन्टल एसोसियसनका केन्द्रीय सदस्य भूमेश काफ्लेले जानकारी दिए। जनाएको छ।














