बिहीबार, २१ फाल्गुन, २०८२

पार्किङ गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक घाइते

जुम्ला नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक रोकिरहेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाकल चालकको मृत्यु भएको छ भने पछाडि बसेकी एक जना महिला घाइते भएकी छन्।

ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार पार्किङ गरिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा मोटरसाइकल चालक पातारासी -३ हुरी गाउँका जनबहादुर बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार घाइते महिलाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल