बिहीबार, २१ फाल्गुन, २०८२

११ वर्षसम्म शिक्षण गरेका अछामका अनिल साउदको राजीनामा,विदेश पलायन

अछामको भवानी देवी आधारभूत विद्यालय पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटका कम्प्युटर तथा अङ्ग्रेजी विषयका शिक्षक अनिल साउदले लामो समयसम्मको सेवापश्चात राजीनामा दिएका छन्।

११ वर्षसम्म शिक्षण गरेका साउदले राजिनामा दिएर विदेश पलायन हुने तयारी गरेका हुन्। वि.सं. २०७२ सालदेखि हालसम्म निजि श्रोत हुँदै अनुदान कोटामा अध्यापन गर्दै आएका साउदले देशको आर्थिक अस्थिरता र लगातारको मूल्यवृद्धिका कारण हालको सेवासुविधाले परिवार पाल्न कठिन भएको भन्दै वैदेशिक रोजगारी रोज्न बाध्य भएर राजीनामा दिएको बताएका छन्।

“हाल पाइरहेको सेवा सुविधाले मेरो घर चलाउन अत्यन्त कठिन भएकोले यो जागिरको अन्तिम विकल्प वैदेशिक रोजगारी बनेको र बाध्यतावश सेवामा निरन्तरता दिन नसकेकाले आजकै मितिमा राजीनामा बुझाएको छु।” भन्दै उनले राजिनामा पत्रमा उल्लेख गरेका हुन्।

साउदले करिब ११ वर्षसम्म विद्यालयमा ईमानदार र समर्पित भएर सेवा प्रदान गरेका थिए साथै विद्यालय प्रशासनले उनको विद्यालयको प्रगतिमा महत्वपूर्ण भुमिका रहेको भन्दै शुभकामना व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापकले भने,“शिक्षक साउदको राजीनामाले विद्यालयमा शिक्षण क्षेत्रमा खालीपन उत्पन्न भएको छ। उहाँको योगदान विद्यार्थी र विद्यालय दुबैका लागि सधैं प्रेरणादायी रहनेछ।”

हाल उनी रोजगारीको लागि साइप्रस पुगिसकेको पारिवारिक श्रोतले बताएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल