मंगलवार, १९ फाल्गुन, २०८२

जुम्लाको गुठीचौरमा भालुको आक्रमणमा परि आमा, छोरी घाइते

जुम्लाको गुठीचौर गाउँपालिका–३ गडकोटमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट आमा र छोरी घाइते भएका छन्।

शनिबार बिहान करिब ७:३० बजे बुमची कामी (उमेर करिब ३८ वर्ष) र उनकी छोरी सर्जिना कामी (उमेर १७ वर्ष) जंगलमा घाँस काट्ने क्रममा अचानक जंगली भालुको आक्रमणमा परेका हुन्।

आक्रमणबाट दुबै जनाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि बिहान ८:३० बजे बुमचीका श्रीमान् कृष्ण कामीले तत्कालै दुबै घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याएका थिए।

हाल उनीहरूको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल