उ एकथरीको सजिव प्राणीभित्र मात्र पर्दछ
उसलाई लाग्छ उ लामो समय बाँच्न मन गर्दछ
उसँग अरूसँगको जस्तो क्षमता पनि हुन्न
समयनुसार भूमिका उसलाई नफेरीपनि हुन्न
रंग नफेरेसम्म न निदाउन सक्छ उ
न लामो समय ननिदाई बस्न सक्छ उ ?
सिंह झैँ सबैसँग अडान कहाँ हुन्छ र ?
बाघले पो हो न सिनो खाने नत घाँस
हप्तौँ दिन भोको भएपनि उ सिनो खाँदैन
छेपारो न सिंह हो न शक्तिशाली बाघ
निजी स्वार्थको रक्षा गरेन भने उसले
उसको पुर्खा सकिनेछ जुनसुकै बेलामा ।
संकोच कत्तिपनि लाग्दैन उसलाई
बेलाबेलामा उ रंग फेरेर बाँच्न खोज्छ
जुनसुकै हालतमा रंग फेरेर भएपनि
चाहेको कसैलाई सक्नुपर्ने होला उसले
समय हेरी कसैलाई बचाउनु पर्ने होला
यदि उ सँधै एउटै रंगमा रहिरह्यो भने
अवसर मिल्दा फाईदा लिन सकेन भने
सँधै एउटै बिचारमा बसिरह्यो भने
उसको हालत सँधै खराव हुन सक्ने होला ।
समय अनुसार गोटी भइ चल्न सकेन भने
परिस्थिति अनुसार चेक दिन सकेन भने
खेलले फरक खालको मोड लिन सक्छ
आफुलाई फाईदा हुने खेल खेल्नै पर्ने हुन्छ
किनकी उ नियममा बस्ने खालमा पर्दैन
उ नियममा बस्यो भने सद्देलाई बिगार्न सक्दैन
यसैले उ समय अनुकुल आफूलाई बदल्छ ।
आफूलाई बदलेन भने उसलाई
नियममा बस्न बाध्य भैहाल्छ
नियममा बसे कि उसलाई चिलाउला?
कि त उसलाई ऐठन होला
कि त भएङ्कर ज्वरो आउला ?
यदि उ नियममा बस्दिन्थ्यो भने
उसले आफ्नो बस्तिमा धेरै
उथलपथल ल्याउन सक्ने थिएन
जब उ उथलपुथल ल्याउन सफल भयो
उसका सबै कुकृत्य
उसका हजुरियाहरुका लागि
अशल बनेका छन् ।
छेपाराको झैँ रंग देखाएर उसले
परेको बेलामा काम गर्थेन भने
उ कसरी बहादुरी बन्न सक्थ्यो ?
उ र उसको संगतिको हाईहाई कसरी बन्थ्यो ?
कसरी उ जिउँदो र शाहसी बन्न सक्थ्यो ?
उसले उसको नजर र सोचमा
छेपारा नहुनेलाई खराव देख्छ
उ छेपारो नबनेको भए
उ यसरी छेपारो हुन नसकेको भए
आफ्नो पुर्खाको विरासत गुमेको ठान्थ्यो ।
यसैले उसले सँधै आफ्नो तत्कालको भाग हेर्छ
उसले आफू र आफ्नो समाज हेर्दैन
आफ्नो बाहेक अरुको भविष्य देख्दैन
आफूलाई सानो काममा बहादुरी ठान्छ
जति सक्यो अरुको बिग्रेको काममा
आफ्नै बहादुरी र बिजय ठान्दछ
यसैले उ सँधै छेपारोझैँ रंग बदलीरहन्छ
छेपारोनै बनेर अरुको काम बिगारीरहन्छ
यसैले उ छेपारो हुनुमा गौरव ठानिरहन्छ
छेपारो बनेर पद प्रतिष्ठामा पुग्न सान ठानिरहन्छ ।















