दशैं मनाउन सुर्खेत जाँदै गरेका जाजरकोट कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि छेडागाड नगरपालिकाको चङ्खेलीमा सांघातिक हमला भएको छ ।
हमला हुँदै गर्दा अध्यक्षलाई बचाउन गएका दुई युवा भने गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गरिएको छ । आक्रमण गर्नेहरुको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।















