रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ ख६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना भएको छ।
दुर्घटनामा बाँफीकोट गाउँपालिका ४ का २७ वर्षीय प्रकाश केसी र सोही ठाउँकी ६८ वर्षीया पवि केसीको घटना स्थलमै मृत्यु भएको छ त्यस्तै अर्का एक जना मृतकको भने परिचय खुल्न भने बाँकी रहेको छ ।
दुर्घटनाम परेर अन्य २ जना गम्भीर घाइते भएका छन्। घाइते मध्य बाँफीकाेट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । दुबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।