नेपाली धाविका सुनमाया बुढाले अन्तर्राष्ट्रिय खेल मैदानमा अर्को ऐतिहासिक सफलता हात पारेकी छन्।
उनले २०२५ ट्रेल वर्ल्ड च्याम्पियनशिप्सको लामो दुरी (Long Trail) प्रतिस्पर्धामा १० घण्टा २३ मिनेट ३ सेकेन्डको समयमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन्।
यो प्रतियोगिता विश्वभरिका उत्कृष्ट अल्ट्रा-ट्रेल धावकहरू सहभागी हुने प्रतिष्ठित स्पर्धा हो।
कठिन भू-भाग, उकालो ओरालो र चरम मौसमको चुनौतीबीच बुढाले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपटक चिनाएकी छन्।
नेपालबाट प्रतिनिधित्व गर्ने थोरै खेलाडीहरूमध्ये एक रहेकी बुढाको यो उपलब्धि नेपाली खेलकुद इतिहासमा प्रेरणादायी सफलता मानिएको छ।
उनी अघिल्लो वर्षहरूमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेल दौडमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्।