जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ निवासी ६ वर्षीय रोवन नेपाली आज दिउँसो सवारी दुर्घटनामा घाइते भएका छन्।
दुर्घटना आज मिति २०८२ असोज ११ गते दिउँसो करिब ३:०० बजे तिर भएको हो। सडक छेउमा हिँडिरहेका बालकलाई जुम्ला तातोपानी गाउँपालिका–२ का २० वर्षीय प्रकाश सार्कीले चलाएको क.१प.६०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जनाइएको छ।
ठक्करबाट बालकको टाउकोमा चोट लागेको छ। उनलाई तत्काल उनका बुबा नरबहादुर नेपालीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याएका थिए। अस्पतालमा उपचार भइरहेको र बालकको अवस्था मध्यम रहेको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जुम्ला प्रहरीले जानकारी दिएको छ।