प्रिय् जेन-जी योद्वाहरु
तिम्रो ज्यानको आहुतीले
आज देश नयाँ युगको परिवर्तनको
दिशामा छ !
यो देशमा शासन गर्नेहरूले
बारम्बार जनताको बलि चढाए
अर्थात् निर्मम रुपमा हत्या गरे
यो देशमा परिवर्तन आउन मारिनुपर्छ !
राज्य सत्ताको तातो गोलि खाएर !
प्रिय् जेन-जी महान् योद्वाहरु
तिमी जस्तै कैयौं सहिद मारेर
यो देशका जनताहरुले कैयौंपटक
शोक दिवस मनाएका छन् !
म आस गर्छु देश बन्न अब
तिमी जस्तै योद्धाहरु अरु मर्नुपर्ने छैन्!
यदि तिमीले दिएको ज्यानको आहुतीले
देश परिवर्तन भएन भने
यो देश कहिल्यै परिवर्तन हुनेछैन!
प्रिय् जेन-जी योद्वा
आज देश तिम्रो नाममा शोकमा छ!















