चन्दननाथ नगरपालिका–३ डाँडाकोट क्षेत्रमा अवरुद्ध भएको विद्युत आपूर्ति पुनः सुचारु भएको छ।
सोमबार साँझ नेपाल विद्युत प्राधिकरण, जुम्ला वितरण केन्द्रले नयाँ मिटर जडान गर्ने सवालमा विवाद आएपछि लाईन काटिएको थियोे।
मंगलबार जिल्ला प्रशासन कार्यालय र डाडाकोटबासीबीच जिल्ला प्रशासन कार्यलयमा छलफल भइ सहमति भएपछि विद्युत सुचारु गरिएको वितरण केन्द्रका प्रमुख राम आशिष् साहाले जानकारी दिए।
उनका अनुसार सबै घरमा नयाँ मिटर जडान गर्ने सहमति भएपछि लाईन सुचारुका लागि जनशक्ति पठाइएको छ।















