जिल्लाको तिला गाउँपालिका–३ जोगीवडास्थित भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउने विषयलाई लिएर विवाद बढेको छ।
आज दिउँसो करिब ३ बजेर ४५ मिनेटतिर वडा कार्यालयले दिएको सिफारिसविरुद्ध स्थानीयवासी आन्दोलित बनेका छन्।
मुनिनाथ योगीको नेतृत्वमा करिब ८० देखि ९० जनाको समूह भेला भई वडा कार्यालयमा तालाबन्दी गरिएको प्रहरीले जनाएको छ।
वडा नं. ३ कार्यालयले भारमुल राष्ट्रिय वनलाई सामुदायिक वन बनाउन सिफारिस गरेपछि विरोधस्वरूप स्थानीयहरू आक्रोशित भएका योगीले बताए।
उनका अनुसार वनलाई सामुदायिक बनाउने निर्णय स्थानीय सरोकारवाला निकायको रायबिना एकतर्फी ढंगले गरिएको आरोप लगाएका छन्।
उक्त वन तिला ३ दानीबाडा गाउँ बासीले संरक्षण गर्दै आइरहेको र विगत लामो समययता सामुदायिक वन भनेर दानीबाडा गाउँ बासीले उक्त वनको हेरचाह गर्दै आइरहेको स्थानीय धनबहादुर बुढाले जानकारी दिए।
घटनास्थलमा प्रहरी चौकी कुडारीबाट प्रहरी टोली खटिएको जुम्लाका डिएसपी रविनबाबू रेग्मीले बताए।