सोमबार, ९ भाद्र, २०८२

रञ्जना कामी र उज्यालो युवा क्लबको सहकार्यमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

सल्यानको दार्मा गाउँपालिका–५ को श्री जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा उज्यालो युवा क्लबले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

क्लबकी सदस्य रञ्जना कामीको सहयोगमा १९ हजार बराबरको सामग्री वितरण गरिएको हो।

नवलपरासी घर भइ हाल दाङमा अध्ययनरत रञ्जनाले बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सामग्री उपलब्ध गराएकी हुन्। क्लबले उनको प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गरेको बताइएको छ।

कार्यक्रमको आयोजना क्लबका सचिव घनराज खड्काले गरेका थिए। सभाध्यक्ष क्लबका अध्यक्ष दिपेश खड्का रहेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का, शिक्षक संघ अध्यक्ष गणेश केसी, पूर्व प्राध्यापक मानबहादुर केसी, सहप्राध्यापक राम प्रकाश खड्का लगायतका अभिभावक तथा शिक्षकको उपस्थिति थियो। अनिल यादव र निलम सेन्चुरी पनि रञ्जनासँग सहभागी भएका थिए।

पूर्व प्राध्यापक मानबहादुर केसीले उज्यालो युवा क्लबको कार्यप्रति सकारात्मक प्रतिक्रिया दिनुभयो। सहप्राध्यापक राम प्रकाश खड्काले सामाजिक क्षेत्रमा युवाहरुको योगदान आवश्यक रहेको बताए।

शिक्षक संघ अध्यक्ष गणेश केसीले युवा पुस्ताले सकारात्मक उदाहरण देखाएको बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्काले महिलाको नेतृत्व समाजका लागि प्रेरणादायी हुने टिप्पणी गरे। उनका अनुसार अहिले युवाले जिम्मेवारी लिनुपर्ने समय आएको छ।

कार्यक्रममा ९५ विद्यार्थी सहभागी थिए। उनीहरूलाई प्रति व्यक्ति २ वटा कापी र ५ वटा कलम वितरण गरिएको थियो। रञ्जना कामीले नै उक्त सामग्री उपलब्ध गराएकी थिइन्।

अन्त्यमा क्लब अध्यक्ष दिपेश खड्काले सामाजिक परिवर्तनका लागि युवाहरू निरन्तर क्रियाशील रहने बताए। कर्णाली प्रदेश स्थापना दिवसकै अवसरमा यस्तो कार्य हुनुले अझै सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार