हुम्लाको अदानचुली गाउँपालिका ३ को माझ खर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया नानु बुढाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।
बुढा बाख्रा चराउनबाट साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको उनकी बुहारी शान्ति बुमी (बुढा)ले बताएकी हुन् ।
जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् । सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहान मात्र परिवारलाई जानकारी आएको हो । जानकारी लगत्तै घरमा ल्याउन स्थानीय गएका छन । यस क्षेत्रमा यति बेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।















