बुधबार, २० फाल्गुन, २०८२

जुम्लामा कालोपत्रे सडकको गुणस्तरमा चेक नगरी बिल पास नगर्न:सांसद ज्ञानेन्द्र शाहीको आग्रह

कर्णाली राजमार्ग अन्तर्गत जुम्लामा पर्ने विभिन्न स्थानमा कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो राख्दै संघीय सांसद ज्ञानेन्द्र शाहीले सम्बन्धित निकायका प्रमुखलाई बिल भुक्तानी नगर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, “ठेक्का लगाउँदा तोकिएको मापदण्डअनुसार सडक पिच गरिएको छ वा छैन भन्ने प्रष्ट रूपमा परीक्षण नगरी बिल पास नगरियोस्। अन्यथा सडक निर्माण गर्ने ठेकेदार, बिल पास गर्ने अधिकारी तथा कार्यमा संलग्न सबैलाई मापदण्ड विपरीत काम गरेको ठहर गरी सम्बन्धित निकायमा मुद्दा दायर गरिनेछ।” साथै, उनीहरूले कानुनी कारबाहीको लागि तयार रहन समेत चेतावनी दिएका छन्।

स्थानिय आमाबुवा तथा दाजुभाइहरूमाझ अपिल गर्दै उनले सडक निर्माणमा गुणस्तर कायम भएको छ कि छैन भन्ने निगरानी गर्न समेत आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

जिल्लामा पछिल्ला वर्षहरूमा निर्माण भएका केही सडक अल्पकालमै बिग्रिने गरेका कारण स्थानीय बासिन्दा असन्तुष्ट हुँदै आएका छन्। यसपटक भने सचेत नागरिकको पहल र सार्वजनिक निगरानीले निर्माण व्यवसायी र सरकारी अधिकारीलाई बढी उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल