सोमबार, २ असार, २०८२

जुम्ला-मुगु सडकखण्डमा पहिरोले बाटो अवरुद्ध, गाडीहरू जाम

जुम्ला जिल्लाको कनकासुन्द्री गाउँपालिका-२, जियाभिरमा रहेको जुम्ला-मुगु सडकखण्डमा आज बिहान ४ बजे पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

सडक विभागका कर्मचारी मान बहादुर रावतले बिहान ७:४५ बजे दिएको जानकारीअनुसार पहिरोका कारण सडकमा ५/६ वटा गाडी जाममा परेका छन्।

उक्त घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी चौथाबाट प्रहरी हवल्दार वीर बहादुर कुँवरको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

अवरुद्ध सडक प्रहरी चौकी चौथाबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ।

हाल पहिरो हटाउने कार्य र सडक सञ्चालनको प्रयास भइरहेको छ। थप विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार