लोक – जनता,
तन्त्र – शासन
राज हाम्रै हो,
गर्न छुट छ – भाषण!
तिम्रो निरङ्कुशता फालेर आको
कहाँ थियौं यसरी बोल्न पाको
तिम्रो व्यवस्थाले यस्तो भन्थ्यो
कहिले छोरा कहिले सत्ता बाको
जनतालाई गधा बनाएर
अत्याचारको भारी बोकाएर
तिम्रो राज……तन्त्र भनौदोले
के-के गरेन र ? जनतामाथि
दमन, शोषण, अत्याचार आदि-आदि
अब शासन जनताको
व्यवस्था जनताको
यो व्यवस्था खुला आकाश जस्तो हो
तिम्रो कारागार जस्तो कैद होइन!
तिम्रो व्यवस्था फालेदेखि हो
लामो सास फेर्न पाएको हामीले
स्वतन्त्र रुपले बोल्न पाएको हामीले
नत्र बोल्न देखि हिँड्नसम्म बन्देज थियो
अरे तिम्रो निरङ्कुश व्यवस्था,
कति अत्याचारमुखी थियो
तिम्रो व्यवस्था ढाल्न,
कयौं निर्दोषहरुलाई सहिद बनायो
तिम्रो मरेको व्यवस्थालाई,
अझै भन्न मन छ
मुर्दावाद!
गणतन्त्र लोकतान्त्रिक,
व्यवस्था -जिन्दावाद!