मंगलवार, ३ असार, २०८२

अछाममा एक महिना नवित्दै टावरका डिभाइस जलेर पूर्ण रुपमा नस्ट

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाको भाडगाउँस्थित चियान डाँडामा रहेको नेपाल टेलिकमको टावरमा आगलागी हुँदा सम्पूर्ण डिभाइस जलेर नष्ट भएका छन्। टावर नम्बर ५२८ सन् २०७७ मा निर्माण भएको थियो।

सञ्चालनमा आएको दुई महिना नबित्दै प्राविधिक गडबडीका कारण शुक्रबार बिहान ९ बजे आगलागी भएको हो। स्थानीय बिजेश थापाले हिजोदेखि टावरमा अलार्म बजिरहेको जानकारी दिए।

गत वैशाख २५ गते टावरको गुणस्तर सुधारका लागि स्थानीयले निवेदन दिएका थिए। निवेदन परेको तीन दिनभित्र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो।

तर, डिभाइस जडान गरेको तीन दिन नबित्दै आगलागीले सबै उपकरण नष्ट भए। यसले स्थानीय सञ्चार सेवामा ठूलो असर परेको छ।

आगलागीपछि शुक्रबार नै इलाका प्रहरी कार्यालय चिन्तडा र स्थानीयको रोहबरमा क्षतिको विवरणसहित मुचुल्का तयार गरिएको छ। सोही दिन नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरिया, कैलालीका वरिष्ठ इन्जिनियर लक्ष्मण चन्द्र ठकुरी र इन्जिनियर महादेव जोशीलाई निवेदनसहित मुचुल्का पठाइएको छ।

टेलिकमले एक हप्ताभित्र आवश्यक सामग्रीसहित मर्मत कार्य शुरू गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीयवासीले छिटो मर्मत गरी सञ्चार सेवा सुचारु गर्न माग गरेका छन्।

आगलागीको कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार