मंगलवार, ३ असार, २०८२

कृषि फर्ममा पुर्व मन्त्री

गरिखानेलाई संसारको कुनै कुनामा अभाव हुँदैन” भनाइलाई आत्मसात् गर्दै यो पहलले कर्णालीका युवाहरूलाई आफ्नै माटोमा उद्यमशीलताको सन्देश दिएको छ।

दैलेखको आठबीस नगरपालिका-५ मा सञ्चालित कर्णाली कृषि, पशुपन्छी फर्म एवम् एग्रो मिल प्रा.लि. ले स्थानीय स्तरमा उद्यमशीलता र सामुदायिक सहकार्यको नयाँ आयाम स्थापित गरेको छ।

“३६५ दिनमा एक दिन मेरो” भन्ने मूल नाराका साथ आयोजित जनश्रमदान कार्यक्रममा स्थानीय समाजसेवी, युवा, र दक्ष-अदक्ष मजदुरहरूले माछापोखरी निर्माणमा सहयोग पुर्‍याए, जसले कर्णालीमा स्वरोजगार र एकताको सन्देश फैलाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष, कर्णाली प्रदेश सभाका प्रमुख सचेतक तथा पूर्वमन्त्री टेकराज पछाईले फर्मको पहिलो अनुगमन गर्दै कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरे। उनले युवा स्वरोजगारलाई समृद्ध नेपालको आधार ठान्दै भने, “समाज परिवर्तन आफैंबाट सम्भव छ।

आर्थिक व्यापारको स्तर निर्धारण गर्ने युवा स्वरोजगार नै हो। काम गर्न इच्छाशक्ति भएका युवालाई राज्यले सहयोग गर्नुपर्छ।” कागजी अनुदानको भरमा नभई वास्तविक लगनशील युवालाई सरकारको नजर पर्नुपर्ने उनको जोड थियो। उनले यो पहलको प्रशंसा गर्दै सामाजिक र व्यावसायिक जीवनका लागि शुभकामना दिए।

फर्मका सञ्चालक निरज कुमार माझी, जो राष्ट्रिय युवा संघ नेपाल, दैलेखका जिल्ला सचिव पनि हुन्, वैदेशिक यात्रालाई पूर्णविराम लगाएर स्वदेशमा स्वरोजगारको सपना बोकेर अघि बढेका छन्। उनले भने, “वैदेशिक यात्राको पूर्णविराममा स्वरोजगारको सपनाका सयौं अल्पविरामको क्षति बेहोर्नुपरेको छ। तर, जनश्रमदान मेरो प्रेरणाको आधार हो।”

व्यवस्थापन, मार्केटिङ, र हार्वेस्टिङको कमीले चुनौती झेलेका माझीले उत्पादन प्रमुख भए पनि किसानले हरेक तत्वसँग संघर्ष गर्नुपरेको बताए। उनको भनाइ छ, “कृषि क्रान्ति आफ्नै लगानीमा गर्नुपर्छ, राज्यले सेवा-सुविधा र सहुलियत मात्र दिए पुग्छ।”

कार्यक्रममा १६ जना दक्ष र अदक्ष मजदुरहरूको सहभागिता थियो। समाजसेवी भरत साउद सृजनले यो पहललाई समन्वय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले भने, “आफ्नै देशमा सम्भावना छ, गरिखानेलाई बाटो छ। दृढ इच्छाशक्ति र चाहनाले प्रकृतिले नै सहयोग गर्छ।”

स्थानीय समाजसेवी र युवाहरूको श्रमदानले माछापोखरी निर्माणमा ठूलो सहयोग पुगेको छ। सञ्चालक माझीले सहभागी सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरे।

“गरिखानेलाई संसारको कुनै कुनामा अभाव हुँदैन” भनाइलाई आत्मसात् गर्दै यो पहलले कर्णालीका युवाहरूलाई आफ्नै माटोमा उद्यमशीलताको सन्देश दिएको छ।

आफ्नै मातृभूमिमा भएको प्रयास जीविकोपार्जन मात्र नभई देश निर्माणको अभियान बन्छ। नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि, र साना उद्योगहरूमा असीम सम्भावना छन्। नयाँ सोच, लगनशीलता, र उद्यमशीलता नै आवश्यक छ।

देशप्रेम शब्दमा मात्र सीमित नभई कर्ममा प्रकट हुन्छ। साउद भन्छन्, “आफ्नै देशमा माया गरौं, सम्भावनाको खोजी गरौं, र यहाँ बसेर केही गरौं।” पूर्वमन्त्री पछाईले यो पहललाई थप सहयोग गर्ने आश्वासन दिएका छन्।

उनी हालै गृहजिल्ला जुम्ला प्रस्थान गरेका छन्, जहाँ उनलाई अछामको पञ्चदेवल विनायक-९, कालेकाडाका जागरुक युवा भरत साउद र निरज माझीले स्वागत गरे।

कर्णाली कृषि, पशुपन्छी फर्म एवम् एग्रो मिलले युवा स्वरोजगार, सामुदायिक सहकार्य, र स्थानीय समृद्धिको नयाँ मार्ग प्रशस्त गरेको छ। यो पहलले कर्णालीका युवाहरूलाई आफ्नै माटोमा सम्भावना देख्न प्रेरित गर्नेछ।

सरकार, समाज, र युवाहरूको साझा प्रयासले यस्ता पहलहरूले देश निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छन्। आफ्नै देशमा सम्भावना छ, आँखा खोलौं, अवसर खोजौं, र कर्म गरौं!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार