मंगलवार, ३ असार, २०८२

अछामको चाइराखोलामा टाउकोविहीन महिलाको शव फेला, प्रहरी अनुसन्धान सुरु

टाउको नभएका कारण शवको पहिचान हुन सकेको छैन।

अछामको ढकारी गाउँपालिका–२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।

टाउको नभएका कारण शवको पहिचान हुन सकेको छैन।

स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय अछामको टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ।

वडा अध्यक्ष चन्द्र साउँदका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएकोले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार