मंगलवार, ३ असार, २०८२

नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला सम्मेलन सम्पन्न, ५४ सदस्यीय नयाँ कमिटी गठन

सम्मेलनले राजबहादुर खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरिएको हो।

नेकपा (एकीकृत समाजवादी) पार्टीको जुम्ला जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले राजबहादुर खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरिएको हो।

कार्यक्रममा गण प्रकाश ज्वालाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए। त्यस्तै, केन्द्रीय सदस्यहरू चन्द बहादुर शाही, पदम बहादुर रोकाया, ठगेन्द्र पुरी लगायत निर्वाचन आयोगका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

सम्मेलनले पार्टीको संगठनात्मक पुनर्संरचना गर्नुका साथै जुम्ला जिल्लामा पार्टीका गतिविधिहरू अझ प्रभावकारी बनाउने संकल्प लिएको छ।

नेकपा (एकीकृत समाजवादी) ले हालसम्म विभिन्न जिल्लाहरूमा यस्ता सम्मेलनहरू आयोजना गरी आफ्नो संगठनलाई सुदृढ बनाउँदै आएको छ, जसले पार्टीको एकता र जनतामाझको विश्वसनीयता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार