सोमबार, ७ बैशाख, २०८३

शिक्षकहरुको कलम रोकेर देश कसरी बन्छ?
सधै उदारो भाषण खोकेर देश कसरी बन्छ?

आज विश्व मानव अन्तरिक्षको यात्रा गरिरहेछ
हामीले २८ सालको ऐन बोकेर कसरी देश बन्छ?

हामी सुन्दर शिक्षा पद्धतिका लागि सडकमा छौं,
तिम्रो आदिम कनिका टोकेर कसरी देश बन्छ?

जसले देशको भविष्यलाई मार्ग निर्देश गर्छ,
उसकै सपना माथि बुट ठोकेर देश कसरी बन्छ?

विश्व परिवेश सुहाउँदो, अग्रगामी ऐनको खाँचो छ,
आधारहिन समृद्धिको नारा घोकेर देश कसरी बन्छ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार