शनिबार, ३० फाल्गुन, २०८२

सुरज पण्डितको नयाँ आधुनिक गीत ‘तिमी हाँसेर बिताउ’को भिडियो सार्वजनिक

यस अघि गायक पण्डितका रेलको बाटो, सिंहदरबार, ए मेरी टुल्की, मिरा, श्वास, माया गर्ने जीवन साथी.. लगायत एक दर्जन बढी चर्चित गीत सार्वजनिक भइसकेका छन्।

बहुप्रतिभाशाली गायक, संगीतकार तथा गीतकार सुरज पण्डितको नयाँ आधुनिक गीत ‘तिमी हाँसेर बिताउ’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

हाल सरकारी जागिरे जीवन बिताइरहेका पण्डितले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै यो गीतमार्फत श्रोता र दर्शकमाझ फेरि एकपटक आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

‘तिमी हाँसेर बिताउ’ गीतको शब्द, संगीत र स्वर सुरज पण्डित स्वयंले दिएका छन्। यो गीतको संगीत संयोजन (एरेन्ज) देवेश राईले गरेका छन् भने रेकर्डिङको जिम्मेवारी योगेन मुकारुङले सम्हालेका छन्।

मिक्सिङ र मास्टरिङको काम पनि देवेश राईले नै सम्पन्न गरेका छन्। गीतको म्युजिक भिडियो निर्माणमा प्राविधिक र सृजनात्मक टिमको उल्लेखनीय योगदान रहेको छ।

भिडियोमा सुरज पण्डित र जोनिशा गुरुङको अभिनय देख्न सकिन्छ। माया गुरुङ (नुमा)ले कपको भूमिका निर्वाह गरेकी छन् भने पवित्र घलेले कपाल र पहिरनको व्यवस्थापन गरेका छन्।

निर्माता प्रबन्धकको जिम्मेवारी ओम शाही ठकुरीले सम्हालेका छन्। भिडियोको क्यामेरा, सम्पादन र निर्देशन सुमन खत्रीले गरेका छन् भने रंग संयोजन (कलर ग्रेडिङ) मिलन विश्वकर्माले सम्पन्न गरेका छन्। साथै, आईटी सपोर्टमा राजेन्द्र अर्यालको सहयोग रहेको छ।

सुरज पण्डितले यो गीतमार्फत जीवनमा सकारात्मकता र खुशीको सन्देश दिन खोजेका छन्। सरकारी जागिरको व्यस्तताबीच पनि सांगीतिक क्षेत्रमा सक्रिय रहनु उनको लगनशीलता र कला प्रतिको समर्पणको उदाहरण हो।

भिडियोको उत्कृष्ट छायांकन, सम्पादन र कलात्मक प्रस्तुतिले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। यो म्युजिक भिडियो युट्युब लगायतका डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

गायक पण्डितका प्रशंसकहरूले यो गीत र भिडियोलाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। यस अघि उनका रेलको बाटो, सिंहदरबार, ए मेरी टुल्की, मिरा, श्वास, माया गर्ने जीवन साथी.. लगायत एक दर्जन बढी चर्चित गीत सार्वजनिक भइसकेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार