आईतवार, ७ बैशाख, २०८२

सिराहाको जातीय घटनाविरुद्ध जुम्लामा नेपाल दलित मुक्तिमोर्चाको विज्ञप्ति

मुक्तिमोर्चाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र विस्थापित परिवारको स्थायी तथा व्यवस्थित बसोबासको प्रबन्ध गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति, जुम्लाले सिराहाको औरही गाउँपालिकामा भएको जातीय विभेदको घटनाविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रेस विज्ञप्ति जारी गरेको छ।

सिराहाको औरही गाउँपालिकामा आगामी चैत १७ गतेदेखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञको स्थलमा रहेको दीपक मरिक (डोम) को घर भत्काइएको घटनाले जातीय विभेदको गम्भीर मुद्दा उजागर गरेको छ।

महायज्ञ आयोजना गर्ने स्थानमा “अछूत डोम राख्न नहुने” भन्दै बजरंगी बाबाले दिएको अभिव्यक्तिपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले पालिकाको जेसीबी प्रयोग गरी मरिकको घर भत्काउन लगाएका थिए।

यो घटनाको नेपाल दलित मुक्तिमोर्चाले घोर निन्दा र विरोध गरेको छ।

मुक्तिमोर्चाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र विस्थापित परिवारको स्थायी तथा व्यवस्थित बसोबासको प्रबन्ध गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।

नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति, जुम्लाका अध्यक्ष चन्द्रबहादुर नेपालीले भने, “जातीय विभेदविरुद्ध हाम्रो सङ्घर्ष सधैँ जारी रहनेछ र यसका लागि हामी कुनै पनि कदम चाल्न पछि हट्ने छैनौँ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार