बुधबार, ४ असार, २०८२

स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि जुम्ला क्याम्पसका प्रमुखद्वारा धन्यवाद ज्ञापन

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका हुन।

जुम्ला बहुमुखी क्याम्पसमा मिति २०८१ साल चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएपपछि क्याम्पस प्रमुखले धन्यवाद ज्ञापन गरेका छन्।

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका हुन।

निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति, आचार संहिता तथा समन्वय समिति, विभिन्न उपसमितिहरू, क्याम्पसका सम्पूर्ण शिक्षक र कर्मचारीहरूको महत्वपूर्ण योगदान रहेको क्याम्पस प्रमुख खत्रीले बताए।

उनले भने, “जिल्लास्थित विभिन्न विद्यार्थी सङ्घ/सङ्गठन, निर्वाचनमा सहभागी क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनहरू, सम्पूर्ण उम्मेदवारहरू र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सक्रियताले निर्वाचनलाई थप प्रभावकारी बनाए छ।”

यसैगरी, जिल्लास्थित राजनीतिक दलहरू, स्थानीय प्रशासन, सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय, नागरिक समाज र सञ्चारकर्मीहरूको सहयोगले निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रमुख खत्रीले सबैको सहकार्य र समन्वयले विद्यार्थीहरूको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन मद्दत पुगेको उल्लेख गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार