बुधबार, ४ असार, २०८२

भीम थापाको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाको नयाँ समिति

भगवती आधारभूत विद्यालय, जातिभिडका प्रधानाध्यापकसमेत रहेका थापाले अब जुम्लाको शैक्षिक क्षेत्रमा सुधारको बागडोर सम्हाल्नेछन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाले नयाँ नेतृत्व पाएको छ। संगठनको १३औँ जिल्ला अधिवेशनले भीमबहादुर थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

भगवती आधारभूत विद्यालय, जातिभिडका प्रधानाध्यापकसमेत रहेका थापाले अब जुम्लाको शैक्षिक क्षेत्रमा सुधारको बागडोर सम्हाल्नेछन्।

जुम्लाको शिक्षा प्रणालीमा देखिएका चुनौती र सम्भावनालाई ध्यानमा राख्दै संगठनले थापालाई यो जिम्मेवारी सुम्पिएको छ।

नयाँ कार्यसमितिमा खुला उपाध्यक्षमा देवेन्द्रबहादुर शाही, समावेशी उपाध्यक्षमा विष्णुमाया रावल, सचिवमा कर्णबहादुर शाही, सहसचिवमा तारा रोकाया (खत्री) र कोषाध्यक्षमा टेकबहादुर खत्री चयन भएका छन्।

यो २५ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट गठन भएको निवर्तमान अध्यक्ष कृष्णबहादुर अधिकारीले बताए।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी र पार्टी सचिव मानबहादुर रोकायाले शुभकामना दिँदै शिक्षकहरूलाई शैक्षिक सुधारमा सक्रिय हुन आग्रह गरे।

संगठनका नेताहरूले पनि जुम्लाको शैक्षिक अवस्था उकास्न शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने भन्दै सुझाव दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार