जिन्दगी रमाइलोमा ज्यून त्यो जमान चाहिन्छ
अनि सुख शान्तिपूर्वक ज्यून इमान चाहिन्छ।
एक बार त मिल्दछ ईज्जतले बाँचौँ जिन्दगी
सबै सामु फुर्ति साथ ज्यून सम्मान चाहिन्छ।
समय बदलिएला साल ऋतु बदलिएला
स्वच्छ कंञ्चन बन्न त गृश्म तुफान चाहिन्छ।
स्वर्गका तारा झार्दिन्छु बोलेर म प्रियलाई
खासमा क्षितिजमा पुग्न त विमान चाहिन्छ।
बाँच्न त बाँचिएला है, दुइ मुठी श्वास् फेर्दै
उच्च शीरसाथ बाँच्न हामीमा ईन्सान चाहिन्छ।
राष्ट्र, देश भेष भुषा सभ्यता र धरोहर् हुन्
गर्वले बाँच्न हामीमा त्यो पहिचान चाहिन्छ।
२०८१/१२/०१ चन्दननाथ-१ जुम्ला हाल खलंगा प्युठान।