दिदी सुनमायाले बहिनी राममायाको कुरालाई अंग्रेजीमा भाषामा अनुवाद गर्दै भनिन्मै, “ले जित्ने आशा त गरेकी थिइनँ। तर जिते। सम्भव भए अन्तर्राष्ट्रिय दौडहरूमा अझ धेरै प्रतिस्पर्धा गर्न चाहन्छु।”
गत साता हङकङको सबैभन्दा प्रतिस्पर्धात्मक ट्रेल रेस, एन्टा ग्वानजुन हङकङ १००, आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ रेकर्ड बनाउँदै सम्पन्न भयो।
उक्त रेकर्ड नेपालका दुई बहिनी सुनमाया र राममायाले बनाएका थिए।
राममायाले हङकङ १०० ‘द हाफ’ मा नयाँ रेकर्ड बनाइन भने उनकी दिदी सुनमायाले १०० मा जित हासिल गरेर नयाँ रेकर्ड बनाइन्।

राममाया अन्तर्राष्ट्रिय मञ्चमा चम्किन्छिन्
‘द हाफ’ (५६ किमी, २०१० मिटर उचाइ) साई कुंग देशीय पार्कमा आयोजना गरिएको थियो र यो हालै स्थापना भएको ग्रान क्यानारिया वर्ल्ड ट्रेल मेजर्स सर्ट सिरिजको पहिलो प्रतियोगिता थियो। जसमा विश्वका १२ प्रख्यात ट्रेल दौडहरू समावेश थिए।
महिला तर्फको दौडमा, राममाया बुढाले सुरुदेखि अन्त्यसम्म नेतृत्व गर्दै पाँच घण्टा ३४ मिनेटमा दौड पूरा गरिन्। जुन चीनकी झोउ रुइफाङको नाममा रहेको अघिल्लो रेकर्डभन्दा २४ मिनेटले छिटो थियो।
यो राममायाको पहिलो अन्तर्राष्ट्रिय दौड थियो । उनकी दिदी सुनमायाले बहिनी राममायाको कुरालाई अंग्रेजीमा भाषामा अनुवाद गर्दै भनिन्, “मैले जित्ने आशा त गरेकी थिइनँ। तर जितेँ। सम्भव भए अन्तर्राष्ट्रिय दौडहरूमा अझ धेरै प्रतिस्पर्धा गर्न चाहन्छु।”

उनको प्रदर्शन हेर्दा, यो चाहना निश्चय नै पूरा हुने देखिन्छ।
जापानकी युरो योशिजुमी, जो जापानकी सबैभन्दा उच्च स्थानकी ट्रेल धाविका र एशियाकी चौथो उच्च स्थानकी धाविका, ५:५८ घण्टामा दोस्रो भइन् भने चीनकी याङ यान ६:१३ घण्टामा तेस्रो भइन्।
पुरुष तर्फको दौड प्रतियोगितामा भने जापान र चीनका उत्कृष्ट छोटो-दूरी ट्रेल धावक बीच कडा र प्रतिस्पर्धात्मक देखियो। अन्ततः चीनले अग्रता लिँदै तीनवटै पदक जित्यो।
याङ जियानजियानले ४ घण्टा ३६ मिनेटमा जिते भने झाङ शङ (४:३९) र लुओ कान्हुआ (४:४३) ले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे। चौथो स्थानमा जापानका यामातो योशिनो रहे।

बहिनीहरूको प्रदर्शन
हङकङ १०० (१०३ किमी, ५३०० मिटर) मा, सुनमाया बुढा, स्लोभाकियाकी भेरोनिका लेङ र भियतनामकी हाउ हा थीले महिलाहरूको दौडमा ५६ किमीसम्म पालैपालो नेतृत्व गरे। त्यसपछि सुनमाया बुढाले विशेष ऊर्जा निकाल्दै अग्रता लिइन् र अन्त्यसम्म त्यसलाई बढाउँदै लगिन्।
उनको समाप्ति समय ११ घण्टा ११ मिनेट रह्यो। जसले २०२० मा झियाङ फुजाओले बनाएको कोर्स रेकर्डबाट १७ मिनेट झिक्न सफल भयो (यद्यपि, यस अवधिमा कोर्स रूटमा भएका थोरै परिवर्तनले यसलाई केही छिटो बनाउन योगदान पुर्यायो)।
स्लोभाकियाली र हङकङ निवासी लेङ दोस्रो स्थानमा ११:२५ मा आइन् भने हाउ हा थी १२:०९ मा तेस्रो भइन्।

पुरुषहरूको दौड
गत वर्षका विजेता मेङ ग्वाङफुले ३६ किमीसम्म नजिकै दौडिरहेको आठ जनाको समूहबाट बाहिर निस्किँदै पुरुषहरूको दौड जिते। उनले ९ घण्टा ४३ मिनेटको समयमा नयाँ कोर्स रेकर्ड कायम गरे र चीनको एक-दुई-तीन प्रदर्शनमा अग्रस्थान हासिल गरे।
चिन गुइडु उनीभन्दा केवल आठ मिनेट पछाडि दोस्रो स्थानमा रहे भने डें गुओमिन, जसले हङकङ १०० मा आफ्नो आठौं उपस्थिति बनाउँदै थिए, तेस्रो स्थानमा १०:०७ मा दौड पूरा गरे।
(run247.com का समाचार निर्देशक जोनाथन टर्नरले लेखेको यो लेख कुटीरो डट कमका लागि सार्कीले अनुवाद गरेका हुन।)
अंग्रेजीमा पढ्न तलको लिंक क्लिक गर्नुस्