अर्जुनले सहयोग थोरै होस् या धेरै, तर सही ठाउँमा पुगे भने यसले ठूलो राहत दिने बताए। उनले थपे, “यो शैक्षिक सामग्री लामो समयसम्म नपुग्न सक्छ, तर यसले ती विद्यार्थीहरूको लागि हौसला पैदा गर्छ।”
जुम्लाको गुठिचौर गाउँपालिका-३ गर्ज्याङकोट गाउँका यूवा समाजसेवी अर्जुन कामीले छोराको जन्मदिनमा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
आफ्नो छोरा सुप्रिम कामीको जन्मदिनलाई विशेष बनाएका कामीले कर्णाली माध्यमिक विद्यालय, अनामनगरमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई कापी र कलम वितरण गरेका हुन्।
कार्यले उनले मात्र आफ्नो छोराको जन्मदिनलाई सम्झनलायक बनाएका उनले समाजमा सकारात्मक संदेश पनि प्रवाह गरेका छन्। “जन्मदिन विशेष बनाउने नाममा फजुल खर्च गर्नुको सट्टा, आवश्यक परेकालाई सानो सहयोग पुर्याउन पाउँदा आत्मसन्तुष्टि मिल्छ,” कामीले भने।
उनले सहयोग थोरै होस् या धेरै, तर सही ठाउँमा पुगे भने यसले ठूलो राहत दिने बताए। उनले थपे, “यो शैक्षिक सामग्री लामो समयसम्म नपुग्न सक्छ, तर यसले ती विद्यार्थीहरूको लागि हौसला पैदा गर्छ।”
कामी लामो समयदेखि जातीय विभेद, सामाजिक असमानता र अन्यायविरुद्ध आवाज उठाउँदै आएका एक अभियानता हुन। उनका यी अभियानहरूले समाजमा ठूलो प्रभाव पारिरहेका छन्। “हरेक सुखद अवसरलाई दिनदुखी र आवश्यक परेकालाई खुसी बनाउँदै मनाउनु नै जीवनको सच्चा अर्थ हो,” उनी भन्छन्।