सोमबार, ८ पुष, २०८१

कालिकोटमा भीरबाट लडेर घाइते युवाको उपचारका क्रममा मृत्यु

गणेशका बुबा मानबहादुर दर्जीको पनि उपचार अभावमा ७ वर्षअघि मृत्यु भएको स्थानीय समाजसेवी दानबहादुर विश्वकर्माले बताए।

सदरमुकाम मान्म बजारबाट घर जाने क्रममा हीरेचौरमाथिको भीरबाट खसेर घाइते भएका खाँडाचक्र–४ का २४ वर्षीय गणेश परियारको उपचारका क्रममा मृत्यु भएको छ।

मान्म बजारबाट राती अबेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडेका परियारको उपचारको क्रममा सोमबार सुर्खेतमा मृत्यु भएको हो।

मंसिर ९ गते बेलुकी लडेर घाइते भएका परियारको उपचारका लागि कालीकोट, सुर्खेत, नेपालगन्ज हुँदै फेरि कालीकोटबाट सुर्खेत पुर्याएपछि मृत्यु भएको आफन्त दीपक विश्वकर्माले बताए।

उनका अनुसार मंसिर १० गते सुर्खेत रिफर भएका परियारलाई ११ गते नेपालगन्ज लगियो।

त्यहाँ टाउकोमा गम्भीर चोट भएकाले शल्यक्रिया गर्न २० हजार रुपैयाँ लाग्ने बताइएपछि पैसा नभएर मंसिर १३ गते बिरामीलाई कालीकोट ल्याइयो।

कालीकोटमा केही रकम सहयोग जुटाएर पुनः सुर्खेत ल्याएपछि सोमबार मृत्यु भएको हो।

गणेशका बुबा मानबहादुर दर्जीको पनि उपचार अभावमा ७ वर्षअघि मृत्यु भएको स्थानीय समाजसेवी दानबहादुर विश्वकर्माले बताए।

“उपचारका लागि सामाजिक संजालमार्फत सहयोग जुटाउने पहल हुँदै थियो,” उनले भने।

घरको अवस्था कमजोर भएको र समयमा उपचार नपाउँदा मृत्यु भएको अधिकारकर्मी बाले विश्वकर्माले बताए।‍

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार