मंगलवार, ३ असार, २०८२

एनपीएल खेल्न उत्साहित छन्, भारतीय क्रिकेटर शिखर धवन

कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्।

कर्णाली याक्सबाट एनपीएल खेल्न काठमाडौं आइपुगेका चर्चित भारतीय क्रिकेटर शिखर धवनले उत्साहित भएको बताएका छन्।

कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्।

भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन्। उनले काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै आफू उत्साहित भएको बताएका हुन।

एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन्।

एनपिएल शनिबारबाट सुरु हुँदैछ। आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन्।

नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन्। तर शिखर धवन बढी लोकप्रिय छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार