सोमबार, ८ पुष, २०८१

कविता : उसले छोडेका अवशेषहरु

कोही मान्छे यसरी आउछ पत्तै हुँदैन ।
बस्दा यसरी बस्छ, तारे भिर जस्तै ।
जादा यसरी जान्छ ।
कृष्न भिरको पहिरो जस्तै, अनवरत ।
अनि यताउताका आसाहरुलाई चुडेर लान्छ ।
टिपेर लान्छ ।
पुरेर लान्छ ।
अनि समुल नष्ट हुने गरेर ।
मारेर लान्छ, पत्तै हुँदैन ।

प्रिया तिमी पनि त्यहि अपरिचित मान्छे हौ ।
खै कसरी यो कठोर तथा साँगुरो
मनमा राज गर्‍यौ पत्तै भएन ।
अनि भुकम्प बनेर गयौं ।
हाम्रो सम्बन्धका सबै संरचना भत्काएर ।
आशाका बिहानीहरु मारेर ।
पत्तै भएन ।

तिमीलाई हेरेर नअस्ताउने यी आँखा ।
तिम्रो बोली सुनेर नथाक्ने यी कान ।
तिम्रा हरेक कुरालाई विश्वास गर्ने यो मन ।
तिम्रो अंगालोमा बेस्सरी कसिने यी हातहरु
आज बेसारा छन् !
टुहुरा छन् !
तिमी त अणु बम रहेछौं ।
मनलाई हिरोसिमा र नागासाकी जस्तै बनाउने ।

तिमी गयौ
तिमी जाउ
तिमी जानेछौ ।
जहाँ तिमी बस्दा खेरि
जग बेनेर गाडिएका विश्वासका किलाहरु
निकालेर जादाको दुखाइ।
यो दुखाइ त कम हुँदै जाला
तर ती किला उखेलेका गहिरा घाउहरु
कसरी पुरिन्छन् होला ।
तिमीले कुल्चेर गएका पैतलाका छापहरु
कहिले मेटिएलान ।

तिम्रा हरेक यादहरु
क्यामेराले कैद गरे जस्तै गरि आईरहन्छन पर्दामा ।
तिमी खुसि रहनु, सुखि रहनु ।
कुनै पल म तिम्रो थिए ।
तर तिमी हरेक पल कसैको थियौ ।
तिमी सधै मेरै भइरहने छौ ।
तर म सधैं तिम्रो भइन।
बस तिम्रो दु:ख, पीडा ,रोदनमा म थिएँ, म छु ।
अनि म सधै हुनेछु ।
माफ गर तिम्रो मन महिले बुझ्न सकिन वा
मेरो मन तिमिले बुझ्न सकेनौ ।
अनि नदीका दुई किनारा बन्यौ हामी ।

व्यापारमा जस्तै ।
प्रेममा लेन लेन हुँदैन प्रिया ।
केवल देन मात्रै हुन्छ तिमीले या मैले ।
जति खेर म तिम्रो थिएँ ।
तिमीलाई तन, मन र वचन सबै दिन चाहन्थेँ ।
तर तिमी अर्कैको थियौ ।
त्यसैले लिए नलिएको र नलिने।
बाहाना गर्थ्यौ र भन्थ्यौ।
स्वार्थी अनि नामर्द अनि के के…. ?
प्रेममा मान्छे ज्ञानेन्द्रिया विहिन हुनेरहेछ ।
संवेग विहिन हुनेरहेछ ।
जो कसैको लागि यो मन र
मस्तिष्कनै लाटो बन्ने रहेछ ।
अनि पो मान्छे पागल बन्ने रहेछ ।

हजारौं चोटि विश्वास दिलाएको
फिर्ता लैजाउ तिम्रो झुट्टो कसम
फेरि अर्कै सँग प्रेम गर्दा काम लाग्छ प्रिया ।
अनि प्रेमको खेतीपाती फक्रिएल ।

तर त्यसैमा तिमीले थपेर गएको त्यो विगत ।
छोडेर गएका यादहरु ।
छुटेर गएका साथहरु ।
चुटेर गएका सम्बन्धहरुले
मनमा राज गरिरहने रहेछन् ।
जो हुदा भन्दा नहुँदा ।
हजारौं गुणा बढी यादगार बन्दारहेछन् ।
उस्ले छोडेका अवशेषहरु ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार