सोमबार, ८ पुष, २०८१

पत्रकार रावलाई २०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार

प्रतिष्ठानले प्रदान गर्ने यो तेस्रो यो संस्करणको पुरस्कार हो। यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत, बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएका छन्।

१०८१ को स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावलले पाएका छन्। डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले नगद दश हजारसहित पुरस्कृत गरिएको हो।

मानवअधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आवद्ध छन्। उनी महिला बालबालिका, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका साथै आधारभुत मानवअधिकारका सवालमा कलम यात्रा गर्दै आएका छन्।

लामो समयदेखि निरन्तर लेखनमा सक्रिय उनले भुइमान्छेका कथाहरु लेखेर आवाज विहीनहरुको अधिकार स्थापित गर्नको लागि भुमिका खेलेको हुनाले रावललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए।

‘उहाँलाई १० हजार रुपैयाँ नगद राशीसहित सम्मान पत्र प्रदान गरिएको छ,’ उनले भने, ‘थप क्रियाशिलताको प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।’

उनका अनुसार पछिल्लो समयमा यस्ता पुरस्कार तथा सम्मान गर्नका लागि निवेदन माग गरिन्छ। त्यो गलत छ। यो संगठन र त्यो संगठन भन्ने गरिन्छ। तर प्रतिष्ठानले यी सबै मान्यता चिरेको विश्लेषक रामसिंह रावलले बताए।

‘गलत परम्परालाई चिर्दै हाम्रै गाउँ समाज काम गर्दै आएका व्यक्तिहरुलाई स्वमुल्यांकन गरी मानवअधिकारकर्मी तथा पत्रकार रावललाई सम्मान गरिनु खुसीको कुरा हो,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले यस्ता सम्मान तथा पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशिलता ल्याउने गरेको बताए। उनले भने, ‘पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई यस्ता सम्मानले थप उर्जा मिल्छ।’

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले लामो समयदेखि निश्पक्ष रुपमा मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा रावल काम गर्दै आएकाे बताए।

‘यो सम्मान तथा पुरस्कारले थप क्रियाशिलता ल्याउने अपेक्षा गरिएको छ,’ उनले भने, ‘उहाँको गतिशीलता उथ उजागर होस शुभकामना छ।’

प्रतिष्ठानले प्रदान गर्ने यो तेस्रो यो संस्करणको पुरस्कार हो। यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत, बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार