विश्वको लिखित पहिलो संविधान सन् १७८९ मा अमेरिकाले जारी गरेको थियोे। त्यसैगरी फ्रान्स, चीन, भारत हुँदै नेपालमा वि.सं २००४ सालमा पहिलो पटक संविधान जारी भयो।
पृथ्वीमा मानिसको उत्पत्ति आजभन्दा करिब ६-७ लाख वर्ष अघि रहेको मानिन्छ। साथै आधुनिक मानिस होमो सेपिन्स करिब ३ लाख वर्ष अघि अफ्रिकामा रहेको भन्ने पछिल्लो विज्ञानको खोजले देखाउँदछ।
त्यसैगरी नेपालको पुरातात्त्विक प्रमाण अनुसार करिब १० हजार वर्ष अघि र प्रारम्भिक ऐतिहासिक बस्तीको सन्दर्भमा किरातकाल करिब ३ हजार वर्ष पहिले काठमाडौं उपत्यका वरपर क्षेत्रमा मानव बसोबास रहेको पाइन्छ।
यसरी मानिस संगठित हुँदै संघर्ष गर्दै जाँदा कानुनी तथा संविधानको महसुस इसापूर्व ४२७ आसपास युनान गिरिस राज्यबाट परिकल्पना गरिएको थियो।
त्यसैगरी विश्वको लिखित पहिलो संविधान सन् १७८९ मा अमेरिकाले जारी गरेको थियोे। त्यसैगरी फ्रान्स, चीन, भारत हुँदै नेपालमा वि.सं २००४ सालमा पहिलो पटक संविधान जारी भयो।
नेपालको संविधान २०७२ हाल प्रचलनमा रहेको सातौं तथा संविधानसभाबाट निर्मित पहिलो संविधान हो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा विद्यमान संविधानले घोषित गरेको छ।
राज्य र सरकार संचालनको सबैभन्दा लोकप्रिय प्रणाली लोकतान्त्रिक प्रणाली हो। सोही प्रणाली वर्तमान संविधानले आत्मसाथ गरेको छ। यहि प्रणाली मार्फत नेपालको राज्य संचालन हुँदै आएको पनि छ।
अझ अर्को सुन्दर पक्ष संसारमा प्रचलित संविधान मध्य नेपालको संविधान २०७२ समावेशी तथा उत्कृष्ट संविधानको रुपमा संसारमा परिचित समेत रहेको छ। संविधान लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य र अनिवार्य कानुनी आधार हो।
संविधानमा सरकारको संरचना, अधिकार, कर्तव्य र नागरिक अधिकार स्पष्ट रुपमा व्यवस्था गरिएको हुन्छ। त्यसैगरी राज्यको राजनीति समाजनीति, आर्थिकनीति, परराष्ट्रनीति लगायत राज्य संचालनका संम्पुर्ण व्यवस्थाको स्पष्टता गरेको हुन्छ।
सोही व्यवस्था अनुरुप ऐन, नियम तर्जुमा हुँदै राज्य संचालन प्रक्रियाले वैधानिकता प्राप्त गर्छ। फलस्वरूप नागरिक आवश्कता पुर्ती हुँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूरा हुँदै जान्छ।
राज्यको लक्ष्य उदेश्य र गन्तव्यको व्यस्थासँगै नागरिक हक अधिकार सुनिश्चितता, कार्यन्वयन तथा कारबाहीको जननी पनि संविधान हो। राज्यका नागरिक विशेषगरि युवा पुस्ताले संविधानको जानकारी हुन आवश्यक हुन्छ।
हरेक युवामा आफ्नो जीवनको लक्ष्य, उदेश्य तथा गन्तव्य निर्धारण गरेका हुन्छन्, साथै राज्यले पनि। तसर्थ राज्य र युवाको गन्तव्यमा समानता हुँदा युवाको सफलता र सक्षमता प्राप्तिमा सहजता हुन्छ।
किनकि युवा राज्यको अनिवार्य आयम जनता भित्रको महत्वपूर्ण मानव संसाधन हो। त्यसैगरी हरेक युवा आफ्नो राज्यको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, वाणिज्य, विज्ञान प्रविधि, लगायत क्षेत्रमा नेतृत्व गर्ने तथा गर्न सक्ने हुँदा राज्यको संरचना, स्वरुप अवस्थाका साथै समष्टिगत जानकारी हुन आवश्यक हुन्छ।
सोही किसिमले जानकारी तथा सूचना दिने माध्यम संविधान हो। अर्को अर्थमा संविधान राज्यको बृहत सुनिश्चितता सहितको सुचना समेत हो।
यदि राज्य व्यवस्थाको सूचना, जानकारी, ज्ञान युवासँग हुन सकेमा राज्यको गतिशिलतासँगै युवा जीवनको गतिशीलता अनुकुल हुँदै युवा श्रम, सीप र क्षमतालाई उत्पादन, आर्जन र व्यावसायिकतामा जोड्दै राज्य र युवा समानन्तर रुपमा गन्तव्य उन्मुख हुन्छन्।














