कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर मेडिकल खेलकुद प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिता यहि भाद्र १६ देखि २१ गतेसम्म संचालन गरिनेछ प्रतिष्ठानले जनाएको छ। प्रतियोगितामा आठ विधाका खेलहरु समाहित गरिएका छन् जसमा महिला पुरुष भलिबल, फुटबल, कुङ्केट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन्। प्रतियोगिताको सबै तयारी पूरा भएको छ।