सोमबार, २५ जेष्ठ, २०८३

रास्वपा जुम्लाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, नेतृत्वमा मक्कर भण्डारीको निरन्तरता 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएका छन्। यस्तै, समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएका छन्।

अधिवेशनले निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन गरेको छ। निर्वाचन क्षेत्र नं. १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्री चयन भएका छन्।

त्यसैगरी, अर्को क्षेत्रीय समितिको उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएका छन्। भने दुबै क्षेत्रका संयोजक चयन गर्न बाँकी छ उक्त दुई पद हाललाई रिक्त रहेको रास्वपा जिल्ला कार्यसमितिका सचीव जगत बहादुर खत्रीले जानकारी दिए ।

अधिवेशनका अवसरमा जुम्ला बजारमा “रास्वपा बनाउँछ, देश बदलिन्छ परिवेश” भन्ने नारासहित र्‍यालीसमेत निकालिएको थियो। र्‍यालीमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशन सम्पन्न भएको जानकारी पार्टीका जिल्ला सभापति मक्करबहादुर भण्डारीले दिएका छन्। उनले नवगठित नेतृत्वले संगठन विस्तार, सुशासन र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार