बिहीबार, ३१ बैशाख, २०८३

चन्दननाथ नगरपालिकालाई जुगाड खोला सरसफाइ अभियानको ध्यानाकर्षण

जुम्लाको चन्दननाथ नगरपालिकामा बढ्दो वातावरणीय प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन र सार्वजनिक सडक अतिक्रमणबारे ‘जुगाड खोला सरसफाइ अभियान, जुम्ला’ले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

अभियानले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै बजार क्षेत्रको फोहोर व्यवस्थापन प्रभावकारी नभएको, पसल अगाडि सामान राखेर सडक तथा गल्ली अतिक्रमण गरिएको, र नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणमा नकारात्मक असर पारेको जनाएको छ।

ध्यानाकर्षण पत्रमा नेपालको संविधानको धारा ३० अनुसार स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न स्थानीय तह जिम्मेवार रहेको उल्लेख गरिएको छ।

बजार क्षेत्रमा गिटी, बालुवा र ढुंगा थुपार्दा दुर्घटनाको जोखिम बढेको तथा पैदल यात्रु, ज्येष्ठ नागरिक र बालबालिकालाई आवतजावतमा समस्या भएको अभियानको भनाइ छ। अभियानले फोहोर व्यवस्थापन, बजार अनुगमन र सरसफाइ बजेटको पारदर्शिता सुनिश्चित गर्न माग गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार