बिहीबार, २४ बैशाख, २०८३

भारतबाट रारा अल्ट्रामा आएकी सिन्धुले अश्लील भित्तामा रंग लगाइन्

भारतको कर्नाटकस्थित बेङ्लोरबाट जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुन आएकी खेलाडी सिन्धु रावले जुम्लाका सार्वजनिक स्थलमा लेखिएका अश्लील र अमर्यादित शब्द मेटाउने अभियान थालेकी छन्।

उनले रंगशाला, धर्मशाला तथा विभिन्न सार्वजनिक पर्खालहरूमा लेखिएका अभद्र शब्द आफ्नै खर्चमा रङ किनेर मेटाइरहेकी छन्। 

स्थानीय निकाय र सरोकारवाला मौन रहेका बेला विदेशी भूमिबाट आएकी एक खेलाडीले जुम्लाको सौन्दर्य र सामाजिक मर्यादा जोगाउन सक्रियता देखाएकी हुन्।

सिन्धु रावले सार्वजनिक स्थललाई कुरूप बनाउने प्रवृत्ति सभ्य समाजको परिचय नभएको बताउँदै यस्ता गतिविधिले नयाँ पुस्तामा गलत सन्देश जाने उल्लेख गरेकी छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार