बुधबार, ९ बैशाख, २०८३

किसानले मूल्य नपाएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले देशको कृषि क्षेत्रमा देखिएको गम्भीर मूल्य असन्तुलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएको विषयलाई उठाएका हुन।

नेपालमा कृषि क्षेत्रलाई देशको मेरुदण्ड भनिए पनि व्यवहारमा किसानहरूले अपेक्षित लाभ पाउन नसकेको उनले बताए। उनले भने, ‘विशेषगरी केरा बजारमा देखिएको मूल्य अन्तर यसको ज्वलन्त उदाहरण हुन। बजारमा प्रतिदर्जन केरा ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने जम्मा ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद र चिन्ताजनक अवस्था हो।’

उनले उत्पादन गर्ने किसानले न्यूनतम लाभसमेत नपाउनु र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था दुबै पक्षका लागि अन्यायपूर्ण भएको बताए। ‘यो समस्याको मुख्य कारण बिचौलियाको हुन। किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ। त्यसलाई तत्काल रोकिनुपर्छ।’ 

सांसद शाहीले किसानहरू बजारसम्म सिधै पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको उल्लेख गर्दै यो समस्या केवल केरा मात्र नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको तर्ख राखे।

उनले यस्ता समस्या समयमै समाधान नगरिए किसानहरू कृषि पेशाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षामा समेत संकट आउन सक्ने चेतावनी समेत दिए। 

उनले थपे, ‘किसानको पसिना अनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व हो। सरकारले यो विषयमा चाँडो ध्यान दिई प्रभावकारी कदम चाल्नेमा विश्वस्त छु।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार