मंगलवार, ८ बैशाख, २०८३

‘फोहोर राजनीति’ विरुद्ध समेत अभियान तीव्र पार्ने चेतावनी

जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको जुगाड खोला सरसफाइको विषयमा जनप्रतिनिधिहरूले बेवास्ता गरेको भन्दै स्थानीय अभियान्ताहरूले कडा असन्तुष्टि जनाएका छन्। 

मेयर, उपमेयर तथा सम्बन्धित वडाध्यक्षसमक्ष पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।

अभियान्ताहरूका अनुसार सरसफाइ जस्तो संवेदनशील विषयमा समेत जनप्रतिनिधिहरूले चासो नदेखाएपछि अब आफूहरू नै अग्रसर भई अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो। 

उनीहरूले खोला सफा गर्ने कार्यसँगै ‘फोहोर र फोहोर राजनीति’ विरुद्ध पनि आवाज बुलन्द गर्ने चेतावनी दिएका छन्।

‘हामी अब खोला सरसफाइमा मात्र सीमित रहने छैनौं, गैरजिम्मेवार प्रवृत्ति र फोहोर राजनीतिविरुद्ध पनि अभियान सञ्चालन गर्छौं,’ अभियान्ता उपेन्द्र बुढथापाले भने।

उनका अनुसार स्थानीय तहलाई जिम्मेवार बनाउँदै दबाब सिर्जना गर्ने र सरसफाइ अभियानलाई व्यवस्थित तथा निरन्तर रूपमा अघि बढाउने उनीहरूको योजना रहेको छ।

यस अभियानमा उनी सहित रमेश बुढथापा, नरेन्द्र बुढथापा, मिमराज उपाध्याय, टङ्क बुढथापा र युद्ध रोकाय सक्रिय रूपमा संलग्न रहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार