नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारी समिति २०८२–२०८५ को निर्वाचन अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा मतदान प्रक्रिया सुरु भएको छ। मतदातालाई सहजता प्रदान गर्ने उद्देश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान केन्द्रको व्यवस्थापन गरिएको हो।
निर्वाचनको पहिलो दिन १७ मत खसेको जानकारी प्राप्त भएको छ भने मतदान प्रक्रिया भोलि पनि निरन्तर जारी रहनेछ। निर्वाचन अधिकृत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार आवश्यक व्यवस्थापन पूरा गरेर मतदान सञ्चालन गरिएको हो।
काठमाडौं उपत्यका बाहिर वैशाख ४ र ५ गते निर्वाचन भइरहँदा उपत्यकामा भने वैशाख १८ र १९ गते मतदान हुनेछ।
जुम्लामा लगातार तीन दिनसम्म विमान सेवा अवरुद्ध हुँदा मतपेटिका ढुवानीमा समस्या आएको थियो। अन्ततः बिहीबार राति सडकमार्गबाट मतपेटिका आइपुगेपछि शुक्रबार निर्वाचन प्रक्रिया सुरु गर्न सम्भव भएको डा. थानीले बताएका छन्।















